ललितपुर महानगर २३ नं. वडाका दुई धार्मिक सम्पदा स्थलमा क्यूआर कोड (भिडियो)

मंगलबार, असोज २३, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २३ का दुईवटा धार्मिक सम्पदा स्थलमा क्युआर कोड जडान गरिएको छ ।  २३ वडा कार्यालय नजिकै रहेको दक्षिणकाली देवीस्थल मन्दिर तथा हात्तिवनस्थित किराँत धार्मिक वन (सानो हात्तीवन) मा क्युआर कोड पाटी जडान गरिएको हो । ती दुई स्थलमा राखिएको क्युआर कोडको २३ नं वडाका वडाअध्यक्ष जीवन महर्जनले उद्घाटन गर्नुभयो । 

jiba@qr1696911653.jpg
क्यूआर कोड पाटी उद्घाटन गर्दै वडाअध्यक्ष जीवन महर्जनले धार्मिक सम्पदा स्थलहरूको इतिहासलाई जीवन्त बनाइराख्न वडा कार्यालयले सम्पदा स्थलमा क्यूआर कोड पाटी राखेको बताउनु भयो । 
‘इतिहास भनेको विस्तारै हराएर जाने कुरा हो । यो मन्दिरको पनि अभिलेखलाई संग्रह गरिएको छैन । त्यसैले २–४ पुस्तापछि यो पनि विस्तारै हराएर जान्छ । हराएर जानबाट रोक्न क्यूआर कोडले मद्दत गर्नेछ’, वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘अहिले यहाँ राखिएका विवरणहरूमा थप घट गर्न सकिन्छ । यो मन्दिर कहिले स्थापना भएको हो एकिन छैन । शिलालेखमा १३८५ उल्लेख छ । यसअघि बनेको पनि हुन सक्छ ।’

qR 11696918272.jpg
क्यूआर कोड राख्ने प्रयोजनका लागि आफूहरूले दुई महिनादेखि समय दिएको स्मरण गराउँदै वडाअध्यक्ष महर्जनले यसका लागि भजन खल, बजिहरूसहितसँग वडाका ज्येष्ठ सदस्यसहित जानकारहरूसँग छलफल सरसल्लाह गरिएको बताउनुभयो । 
वडाका बाँकी ऐतिहासिक महत्वका स्थल तथा सम्पदा स्थलहरूमा पनि क्रमैसँग क्यूआर कोड पाटी राखिने जानकारी उहाँले दिनुभयो ।

qR 41696918306.jpg
क्यूआर कोड स्थापनाको नेतृत्व गरेका युवा दिवाकर रिजालले आफूहरूले सम्पदा स्थलहरूमा क्यूआर कोड राखि ती स्थलहरूलाई जीवन्त पार्न सहयोग गरिरहेको बताउनुभयो । 
देवीस्थल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कपिल खत्रीले क्यूआर कोड पाटी राख्नुअघि यस मन्दिरका बारेमा अनुभवी व्यक्तित्वसँग सोधखोज गरिएको स्मरण गराउँदै वडाले आफ्नो धार्मिक स्थल पहिचानका लागि गरेको काममा लागि धन्यवाद दिनुभयो । 
कार्यक्रम सञ्चालिका वडा सदस्य मधु सिंह श्रेष्ठ ठकुरीले सम्पदा स्थलको संरक्षणका लागि वडाले अगुवाई गरिरहेको  बताउनु भयो । 

QR1696918334.jpg

कार्यक्रममा लेखक धर्मलाल महर्जनले देवीस्थल धार्मिक स्थलको ऐतिहासिक पक्षबारे संकलन गरिएका सामग्री सम्पान गरी विवरण थपघट गरेको स्मरण गर्नुभयो । 
यसैगरी किराँत धार्मिक वन(सानो हात्तिवान) मा जडान गरिएको क्यूआर कोड पाटी उद्घाटन गर्दै वडा अध्यक्ष जीवन महर्जनले ललितपुर महानगरले सानो हात्तिवन क्षेत्रको समग्र विकासका लागि योजना बनाइरहेको बताउनु भयो ।
यो क्षेत्र ललितपुर महानगरको धार्मिक पर्यटकीय स्थल हो त्यसैले यसको विकासका लागि महानगरपालिकाले नै विशेष खालको योजना बनाएको छ वडा अध्यक्ष महर्जनले भन्नुभयो । 

 

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार