आज विश्व मानसिक स्वस्थ दिवस 

आधुनिकता, जीवनशैली, महत्वकांक्षाका कारण मानसिक स्वस्थ दिनानुदिन बढ्दो 
मंगलबार, असोज २३, २०८०

Web post 11696905380.jpgकाठमाडौं । आज विश्व मानसिक स्वस्थ दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै छ ।  पछिल्लो समय मानिसहरुमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरैमात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न, रमाउन र बाँच्न नै बिर्सिन्छ । 
कतिपय व्यक्तिहरू डिप्रेसनको शिकार हुने गरेका छन् । यो समस्या दिनानुदिन बढ्दै गएको छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकाङ्क्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् ।
मानसिक स्वास्थ्यलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । 
यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ । 
स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ । यसको पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । तर, यी सबै चरणका मानसिक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन्।
बढी एकान्त रुचाउने, मन स्थिर नहुने, मनको भँडासलाई कराएर निकाल्न मन लाग्नु मानसिक स्वास्थ्य समस्याको केही लक्षण हुन् । बढी तनाव दिनले पनि मानसिक समस्या हुनसक्छ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार