शिक्षामा व्यापारिकरण नै दुर्दशाको कारण हो : चित्रबहादुर केसी

शुक्रबार, असोज १९, २०८०

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देशमा शिक्षामा व्यापार भइरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शिक्षा ऐन–२०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले देशको दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीको खराबी र शिक्षामा व्यापार भएको बताए । 
उनले भने, ‘हामी सबैलाई महसुस भएको छ आज देशको यो दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीमा भएको खराबीले हो । तर मुख्य खराबी के भने शिक्षामा व्यापार भयो । शिक्षा स्वास्थ्य रोजगारीको जिम्मा जुन देशको सरकारले लिँदैन । त्यो देशको कति विकास भएको छ ?।’
उनले आज शिक्षामा निजीकरण ,व्यापारीकरण गरेकालाई नै मन्त्री सम्म बनाउने गरेको भन्दै आपत्ति जनाए । यदि देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाई छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार