सङ्घीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कार्यवाहक  प्रधानमन्त्री खड्का

शुक्रबार, असोज १२, २०८०

काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा बताएका छन् । 
शुक्रबार काठमाडौंमा आयोजित कार्य विस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव सङ्कलन, स्थानीय सरकार सङ्घ महासङ्घको कार्यक्रममा उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन गर्न जरुरी रहेको बताए । 
संविधान जारी भइसकेपछि दुई पटक निर्वाचन भइसक्दा समेत सङ्घीय कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाई छ । 
उनले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेश भइसकेको र अब चाँडै निजामती कर्मचारीसम्बन्धी विधेयक र सङ्घीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भएको बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार