चाडपर्वमा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ : सभामुख घिमिरे

बिहीबार, असोज ११, २०८०

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको बताएका छन् ।
विहीबार इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको रहेको बताएका हुन् ।
उनले इन्द्रजात्रा पर्वले प्रकृतिको संरक्षण, पर्यटकीय तथा आर्थिक विकास र समृद्धिमा समेत टेवा पुगोस् भन्ने कामना व्यक्त गरेका छन् ।
उनले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने इन्द्र जात्राजस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएका छन् ।
वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागतरूपमा नेवार समुदायले मनाउने जात्रा हो । सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाडभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्ले पुरानो चाड मान्ने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार