ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारबारे अध्ययन गर्न समिति गठन

बुधबार, असोज १०, २०८०

काठमाडौं । काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच चार बुँदे सहमति भएको छ । 
साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको हो । 

e 1695834692.jpg
उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेका छन् । 
फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ईः अनवरत १९९ घण्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभा गृह अगाडि उभिएका थिए । 

Photo-021695834549.jpg
सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफतभएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई महानगरले व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । 
समितिमा महानगरपालिकाकातर्फबाट तीनजना, अभियन्ताकातर्फबाट दुई जनाप्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जनाप्रतिनिधि रहने उल्लेख छ ।


समितिले २ महिना भित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ । 
यस्तै फुटपाथर सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक  उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले  एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।  

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार