शिक्षकले आज पनि जारी राखे प्रदर्शन, निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप

बुधबार, असोज १०, २०८०

काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । बुधबार नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूका माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । 

Photos (2)1695823145.jpg

राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

विरोधको क्रममा निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

Photos (3)1695823161.jpg

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार