सरकारले परोपकारलाई बेवास्ता गर्‍याे : सिंह

बुधबार, असोज १०, २०८०

काठमाडौं । नेपाल संवत १०८० नेपालभाषा क्विज प्रतियोगिताका संस्थापक हितकरवीर सिंह कंसकारले सरकारले परोकारलाई बेवास्ता गरेको गुनासो गरेका छन् । परोपकार संस्थाको ७७औैं वार्षित्सवको अवसरमा उनले देशको अवस्था चिन्ताजनक भएको पनि बताए । 

‘धेरै एनजीओ, आइएनजीओ विदेशीको सहयोगबाट सञ्चालन भएकाले आज परोकारलाई राम्रो दृष्टिकोणले हेरिंदैन’ उनले भने । 

देशमा भ्रष्टचारको ग्रह घुमिरहेको भन्दै उनले पहिलेको तुलनामा जनताले धेरै दुःख पाएको बताए । यस्तो भयावह अवस्था नियन्त्रण गर्न आवश्यक भएको उनले बताए । 

Prem Sagar Karmacharya (2)1695822403.jpg

सरकारले परोपकारी संस्थाहरुलाई सहयोग गर्नुपर्ने र उनले देश र जनतालाई सेवा दिने कुरामा आफुहरु सदैव लागि रहने उनको भनाई छ । 

रक्तदान अभियान्ता प्रेम सागर कर्मचार्यले सबैले आफ्नै देशमा योगदान गर्न आवश्यक भएको बताए । 

उपत्यकाभन्दा बाहिरका जिल्लामा बसोवास गर्ने नागरिकमा रक्तदान गर्ने उत्साहमा वृद्धि होस् र कुनै पनि बिरामी रगत अभावकै कारणले मर्नु नपरोस् भन्दै आफूले यो अभियान चलाइरहेको बताए । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार