एमालेको बागमती प्रदेश अधिवेशन चुनावी प्रक्रिया आजदेखि सुरु 

बुधबार, असोज १०, २०८०

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया आजदेखि सुरु हुँदै छ ।  अधिवेशनअन्तर्गत सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन समितिले आजदेखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ । 
तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । अपराह्न ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपराह्न ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

Banner1695786473.jpg
विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले भोलि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुने छ । अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार