मुस्ताङको घरपझोङमा असोज १८देखि कृषि तथा पर्यटन महोत्सव (भिडियो)

शनिबार, असोज ६, २०८०

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘कृषि तथा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ। गाउँपालिकाले मुस्ताङमा उत्पादित कृषि उपजको प्रर्दशनी तथा प्रर्बद्धन, मुस्ताङको धार्मिक कलासंस्कृति, मौलिकता,स्थानीय रहनसहनका बारेमा प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव गर्न लागेको हो । असोजको १८ देखि २० गतेसम्म हुने महोत्सवका बारेमा जानकारी दिन पालिकाले शनिवार पत्रकार सम्मेलन गरेको थियो । 
सम्मेलनमा अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा उत्पादित कृषि उपजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा  पु¥याउन महोत्सव आयोजना गर्न लागेको बताए । उनले भने, ‘यहाँको उत्पादन, मुस्ताङको परिचयलाई थप उचाईमा पु¥याउन महोत्सव आयोजना गर्न लागेका हौं ।’

Gharpaj1695475799.jpg
मुस्ताङ जिल्लामा बढी भन्दा बढी पर्यटकलाई भित्राउनु महोत्सवको उद्देश्य भएको बताए । महोत्सवका लागि विभिन्न समिति र उपसमिति गठन भईसकेको छ । 
घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले कृषि र पर्यटन आर्थिक समृद्धिको मेरुदण्ड रहेको बताउँदै  कृषि र पर्यटनको विकास विना आर्थिक समृद्धि हासिल नहुँने बताइन् । कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउन र पर्यटकहरुलाई मुस्ताङतर्फ आकर्षित गर्न महोत्सव आयोजना गर्न लागिएको उपाध्यक्ष थकालीले प्रष्ट पारिन् । 
घरपझोङले आयोजना गर्ने कृषि तथा पर्यटन महोत्सवमा स्थानीय भेषभुषा चिनाउने, स्थानीय उत्पादनको प्रचार÷प्रसार,सूचनामूलक कार्यक्रम र पर्यटन र कृषि लक्षित स्टल रहने प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए ।

Gharpa1695475797.jpg
घरपझोङ गाउँपालिकाको ‘कृषि तथा पर्यटन महोत्सव २०८०’ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । सो अवसरमा मुख्यमन्त्री पाण्डेयले घरपझोङ गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन र आपत्कालिन भवनको उद्घाटन गर्ने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार