वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, ‘९७ वर्षको उमेरमा पनि यस्तो शक्ति मलाई कम्युनिष्टले दियो’ 

शनिबार, असोज ६, २०८०

काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफू कम्युनिष्टको सँधै ऋणी भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित जनअधिकार अभियान नेपालको आठौँ वार्षिक साधारण सभा एवं प्रगतिशील कानुन व्यवसायी एसोसिएसन दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कम्युनिष्ट पार्टीले एकछिन पनि फुर्सद नखिएको कारण आजसम्म पनि फुर्सद नमिल्ने शक्ति दिएको भन्दै कम्युनिष्टको सँधै ऋणी भएको उनले बताए ।

उनले भने, ‘म ऋणी छु कम्युनिष्ट पार्टीको मलाई दुःख कहिल्यै भएन कम्युनिष्टले मलाई राती पनि हिँडायो दिउँसो पनि एकछिन पनि फुर्सद दिएन । आज म ९७ वर्षको बुढो मानिस भएर पनि १ मिनेट फुर्सद छैन । यो शक्ति मलाई कम्युनिष्टले दियो ।’ 

देशमा अझै पनि बिरामीहरूले आफ्नो उपचार गर्न घर खेत बेचेर डाक्टरलाई खुवाउनु पर्ने अवस्था रहेको उनले गुनासो गरे । 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार