‘विद्यालय शिक्षा विधेयक’संशोधनमा पहल गर्ने कांग्रेसको निर्णय

शुक्रबार, असोज ५, २०८०

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ । 
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गर्दै सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको र विधेयक परिर्माजनका लागि आवश्यक पहल गर्ने बताए ।
शर्माले भने ‘विद्यालय शिक्षाको वर्तमान अवस्था परिवर्तन गर्न र शिक्षक एवम् विद्यालय कर्मचारीका वर्षौँदेखिका समस्या समाधान समयानुकूलको ऐन प्रतीक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्तवपूर्ण विषय समेट्नु एकातर्फ सुखद छ ।’ 
महामन्त्री शर्माले विद्यालय शिक्षक र विद्यालय कर्मचारीको जायज र उपर्युक्त मागलाई सम्बोधन गर्न नसकेको बताए । 
उनले भने ‘यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन, संशोधन गर्नुपर्ने विषय छन् । संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिबद्धता समेत जाहेर गर्दछ ।’ 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार