जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउँदै ललितपुर महानगर

शुक्रबार, असोज ५, २०८०

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ । सार्वजनिक शौचालय निर्माणका लागि शुक्रबार एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिसँग सझदारी पत्रमा हस्ताक्षर भएको छ । 
समझदारी पत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र प्रा.लि.का अध्यक्ष प्रत्युषचन्द्र अमात्यले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रमपछि नगर प्रमुख महर्जनले यसअघि एरोसानले निर्माण गरेको शौचालयको प्रशंसा गरे । एरोसानले मंगलबजार र पाटनढोकामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिसकेको छ । 

to1695384118.jpg
महानगर प्रमुख महर्जनले भने, ‘एरोसानले निर्माण गरेको शौचालय राम्रो छ, उहाँले नै सञ्चालन गर्ने भएकाले सरसफाइमा विशेष ध्यान दिने गरेको छ । शौचालय पस्ने वित्तिकै ठुस्स गनाउँदैन ।’
एरोसानका कार्यक्रम प्रमुख सोनी अमात्यले ललितपुर महानगरपालिकाकै कारण एरोसानले सार्वजनिक शौचालय निर्माणमा ख्याति कमाएको स्मरण गरिन् । उनले भनिन्, ‘ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले हामीलाई विश्वास गरेर यो जिम्मेवारी दिनुभयो, उहाँलाई धन्यवाद छ ।’

toilet 11695384118.jpg
बनिसकेको र अब बन्ने शौचालयको सरसफाइ र व्यवस्थापनलाई चुस्त राख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् । एरोसानले काठमाडौैंमा ६ वटा, ललितपुरमा २ वटा शौचालय निर्माण गरिसकेको छ । पोखरा र भरतपुर नगरपालिकामा पनि एरोसानले शौचालय निर्माणको योजना बनाएर अघि बढेको छ । 

वडैपिच्छे शौचालय बनाउँदै महानगर 
ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने भएको छ । महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको छ । यी शौचालयको स्वरुप एकै खालको हुनेछ । नगर प्रमुख महर्जनले भने, ‘टाढैबाट शौचालय हो भनेर चिनिने होस् भनेर एउटै डिजाइन दिएका छौं । यी शौचालय अपाङगता मैत्री हुनेछन् ।’ भारत तथा बंगलादेशका सार्वजनिक शौचालयका बारेमा स्थलगत अवलोकनका लागि महानगर टिम केही महिना अघि त्यसफर्त गएको थियो । toilet 31695384135.jpg

to1695384118.jpg

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार