स्वर्गीय रिजाल हक्की, निडर र भरोसा योग्य नेता हुनुहुन्थ्यो : गगन थापा(भिडियो)

मंगलबार, असोज २, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, विद्यार्थी आन्दोलन देखिनै ठूलो भरोसा गरेको र अपरिवर्तित स्वाभाव भएका निडर नेताको रुपमा स्वर्गीय मुकुन्द रिजाललाई स्मरण गरेका छन् ।   मंगलबार नेपाली कांग्रेस क्षेत्र नं ७ का क्षेत्रिय सभापति एवं काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको १३ औँ पुण्यतिथिमा आयोजित कार्यक्रमममा उनले स्वर्गीय रिजाल विद्यार्थी आन्दोलनको समयमा भेटेदेखि पछिल्लो समयमा पनि उस्तै परिवर्तन नभएका,  हक्कि र निडर नेताको रुपमा स्मरण गरे । 
उनले भने, ‘विद्यार्थी राजनीति गर्ने बेलामा मुकुन्द दाई र अरु थुप्रै सिनियर दाइहरु हुनुहुन्थ्यो । त्यो बेलामा एकदमै ठूलो भरोसा जस्तो मुकुन्द दाई लाग्थ्यो । मैले पहिलो पटक दाइलाई देख्दै गर्दाखेरी जस्तो देखेको हुँ , उमेरको हिसाबले कति वर्ष पार भयो तर, पछिल्लो समय दाइलाई देख्दै गर्दा पनि मलाई त्यो एउटै खालको मान्छे लाग्यो । पहिला जुन इमेज थियो पछिल्लो समय भेट्दै गर्दा पनि काँही कुनै फरक देखिन् ।’ 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार