नेपालको संविधानमा ‘सुवास’ बाँचिरहनुहुनेछ : निलाम्बर आचार्य 

मंगलबार, असोज २, २०८०

काठमाडौं । भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवासचन्द्र नेम्वाङ सधैं बाँचिरहने बताएका छन् । 

मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले)द्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा आचार्यले एमालेको नेता भएर नेपाली राजनीतिमा सबैले रुचाएको प्रिय व्यक्तिका रूपमा स्मरण गर्दै उनले सुवास नेपालको संविधानमा जीवन्त रहने बताए । 

उनले भने, ‘नेपालको संविधान सम्झनासाथ त्यसलाई कार्यान्वयन गर्न सक्दासम्म वा कार्यान्वयनमा कठिनाइ हुँदा पनि हामीले सुवासजीलाई सम्झन्छौं । नेपालको संविधानमा सुवासजि बाँचिरहनुहुनेछ । त्यतिमात्रै होइन नेपालको लोकतन्त्रमा, नेपालका न्यायपूर्ण आन्दोलन जेजे हुन्छन् त्यसमा उहाँ बाँचिरहनुहुनेछ ।’

पञ्चायत कालबाटै सुवाससँग आफ्नो चिनजान र नजिकको सम्बन्ध रहेको बताएका आचार्यले सुवास जस्तो असल नेता पाएकामा एमालेलाई भाग्यमानी पार्टी भएको टिप्पणी पनि गरे ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार