सरकार र राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ  : नेता सिंह(भिडियाे)

मंगलबार, असोज २, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताका लागि काम गर्नुपर्ने बताएका  छन् । 
गणेशमान सिंहको २६ औं स्मृति दिवसका अवसरमा मंगलबार उनले सरकारले र दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताएका छन् । 
‘जनताको अधिकार सुनिश्चित हुनुपर्छ । र जनताको दैनिकी जीवन सहज हुनुपर्छ । जिविकोपार्जनको लागि सहज हुनुपर्यो यो सरकारले र दलहरुले यस्ता कार्यमा जोड दिनु पर्छ । ’
गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरू अगाडि लानु पर्ने उनको भनाई छ । 
उनले विधिको शासन हुनुपर्छ भन्ने कुरालाई गणेशमान सिंहले निकै नै जोड दिएको उल्लेख गरेका छन् । 
अवसर नपाएका वर्गलाई समावेश गरेर अगाडि लानु पर्ने उनको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार