आजको मौसम :  कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने

मंगलबार, असोज २, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ भने, साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र देशका बाँकी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार