वल्र्ड मिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान(भिडियो)

सोमबार, असोज १, २०८०

काठमाडौं । सेप्टेम्बर २० र २१ तारिकमा हुने ‘थर्ड वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२३’ भाग लिन नेपाली टोली थाईल्याण्ड प्रस्थान गरेको छ । सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एसोसियसनले विदाई अघि पत्रकार सम्मेलन गरि विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।
वल्र्ड मार्शल आर्टीस्ट काउन्शीलले आयोजना गर्न लागेको सो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रममा नेपाल सिन्दो काइकन कराते एसोसियसनले भाग लिने महासचिव जगत धामीले बताए । 
धामीले आफूहरुले प्रतिस्र्धामा भाग लिनुका साथै नेपाली कला–संस्कृति र पहिचान झल्किने झाँकी तथा नेपालको राष्ट्रिय झण्डा फहराउने जानकारी दिए । थाईल्याण्डको सो कार्यक्रम सम्पन्न गरिसकेपछि मलेसियामा २४ तारिखमा हुन लागेको इन्टरनेशनल गोल्डेन अवार्ड कार्यक्रममा पनि सहभागी हुन लागेको  महासचिव धामिले बताए ।

Photo (6) (3)1695036766.jpg
मलेसियामा हुने अवार्ड कार्यक्रममा युकेको द मिक्स मार्श अर्ट काउन्शीलले नेपाल सिन्दो काईकन एसोसियसनलाई अवार्ड प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ ।
सो एसोसियसनका अध्यक्ष सविन खड्काले खेल जगत देशको अभिन्न अंग भएकोले राज्यले त्यसलाई प्रोत्सहान दिनु पर्ने धारणा राखे । अध्यक्ष खड्काले खेलडीहरुले नेपालको राष्ट्रियता र पहिचानको लागि चाउचाउ मात्रै खाएर लडिरहँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरे । खड्काले आफूहरुको सहभागिता देशका निम्ति भए पनि व्यक्तिगत लगानिमा बाहिर जानुपर्दा निकै दुःख लागेको बताए । 
पत्रकार सम्मेलनमा उपाध्यक्ष द्वोय वीरबहादुर कडायत र यमुना प्रसाद काफ्लेले आफूहरुले पूर्ण हौशलाका साथ प्रतिस्पर्धामा सहभागि हुने र अको वर्ष ‘फोर्थ वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२४’ नेपालमा आयोजना गर्न पहल गर्ने धारणा राखे ।

 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार