गठबन्धन हामीले बनाएका हौं, जोगाउनुपर्छ : माधव नेपाल (भिडियो)

सोमबार, असोज १, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर विदेशी सहायता स्वीकार गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा सोमबार आयेजित नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीको १७ औं स्थापना दिवसमा उनले अमेरिकी सहयोग नियोग (एमसीसी) लगायत अन्य वित्तीय सहयोग देशको हित बाहिर भए अस्वीकार गर्नुपर्ने बताए । 
उनले भने, ‘केही केही मानिसहरू एमसीसीलाई अस्वीकार गर्नुपथ्र्यो भन्छन् । अरु केही हैन त्यो गरे हामीलाई सरकारबाट फाल्दिन्छन्, पार्टी कमजोर बनाउँछ भन्छन् । तर विदेशीहरू हाबी हुने र हामी तमासा हेरेर बस्ने अवस्था आउन दिन हुँदैन । हामी उनीहरूको गतिविधिप्रति सधैँ सचेत छौं । हामी देश र जनताको हितमा निर्धक्क भएर काम गर्छौं ।’
अध्यक्ष नेपालले यहाँ विदेशी शक्तिका स्वार्थ एवं साम्राज्यवादी शक्तिहरू आफ्ना योजनाहरू रहेको उल्लेख गर्दै त्यस्ता कार्यप्रति सबै सर्तक हुन आवश्यक भएको बताए । हाम्रो देश अत्यन्त भूराजनीतिक जटिलताको अवस्थामा रहेको र कहिले पनि अतिमा गएर राष्ट्रलाई फाईदा नहुने उनको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार