विज्ञान प्रविधि क्षेत्रमा पहिलो पटक प्रतिस्पर्धात्मक ‘उद्यम हाकाथन’(भिडियो)

सोमबार, असोज १, २०८०

काठमाडौं । विज्ञान तथा प्रविधि क्षेत्रमा प्रगतिशील धारणा विकास गर्ने उद्देश्यका साथ प्रतिस्पर्धात्मक उद्यम कार्यक्रम ‘उद्यमी हाकाथन’ आयोजना भएको छ ।  नेपालभरका विभिन्न कलेजका ७ वटा समुहले, युवा पुस्तालाई उजागर गर्ने उदेश्यले सो कार्यक्रमको गरिएको हो । 
हाकाथन कार्यक्रमलाई सम्बोधन गर्दै, टेकस्पेयर कलेजका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पोखरेलले, आफ्नो देशमा नै बसेर राम्रो काम गर्न सकिन्छ भन्ने कुरा स्थापित गर्न यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । 
‘विद्यार्थीहरु पढेर रटेर पास हुनु फरक पाटो हो ।  फरक तरिकाले प्रविधिसंग जोडिएर नजिक भएर नयाँ कुराको निमार्ण गर्ने । कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरामा लाग्नु पर्छ । सबैको दिमागमा पढ्ने विदेश  जाने भन्ने छ तर हामी धेरै काम गर्न सक्छौं । हाम्रो देशमा नै बसेर । तपाईहरु जस्तो परिवर्तन र नयाँ कुरा निमार्ण गर्न सक्ने युवा र दिमागहरुलाई नेपालमा नै प्रयोग गर्नुपर्छ । देशमा परिवर्तन गरौं । नेपालमै बसेर डलर कमाऔं । यस्तो अवस्था सिर्जना गर्नुपर्छ कि हामी काम गर्न हैन घुम्न अमेरिका अष्ट्रेलिया जान सक्छौं । ’ उनले भने ।

Subash Sapkota1695019446.jpg
त्यसैगरि कार्यक्रम निर्देशक आयुष आचार्यले केही फरक र केही नयाँ कुरालाई प्रोत्साहन गर्नु आफूहरुको मुख्य उद्देश्य भएको बताए । ‘केही फरक र केही नयाँ भन्ने कुरा हाम्रो प्राथमिकता हो । जित्नको लागि चाहिँ बजारमा तपाईहरुको उत्पादनले तहल्का मच्चाउँन सकेका मात्रै जित्न सकिन्छ । ’ उनले भने । 

Aayush Acharya1695019451.jpg
त्यसै गरी टेकस्पेयर कलेजका निर्देशक सुवास सापकोटाले, विदेश जानु समस्याको समाधान नभएको भन्दै, नेपाल 
‘जुन सुकै कुरालाई पनि प्रतिस्पर्धाको रुपमा लियौँ भने सबै कुरा गर्न सक्छौं । हामीले आईटी क्षेत्रलाई यहाँसम्म पु¥यौं भन्ने गरी काम गर्न सक्नु पर्छ । विदेश जान खोज्नु वा जानु कुनै पनि समस्याको विकल्प हैन् । यस्तो समस्यालाई हामी सबै मिलेर समाधान गर्नु पर्छ ।’ कार्यक्रम यही भाद्र २९ गतेदेखि ३१ गतेसम्म चलेको छ । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार