विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री शक्ति बस्नेत(भिडियो)

सोमबार, असोज १, २०८०

काठमाडौं । जलश्रोत तथा ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
काठमाडौँको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदैँ मन्त्री बस्नेतले, विद्युतीय सवारी साधन वातावरण, आर्थिक र सबै दृष्टीले उपयोगी रहेको भन्दै यसको प्रवद्र्धनका लागि नीतिगत र व्यवहारिक रुपमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 
उनले भने, ‘नेपाल ईलेक्ट्रोनिक भेहिकलको प्रयोग तिर प्रवेश गरिरहेको छ । वातावरण आर्थिक सबै दृष्टीले यो उपयोगी छ र रहँदै आएको छ । यसको प्रवद्र्धनका लागि नीतिगत र व्यवहारीक रुपमा सरकार र मन्त्रालयको तर्फबाट हामी विशेष ध्यान पनि दिईराखेका छौं । र विशेष प्राथमिकताको क्षेत्र पनि हो ।’
उनले विद्युतीय सवारी साधनको व्यवस्थापनका लागि चार्जिङ स्टेसनहरु बढाउन आवश्यक रहेको बताए । 
उनले भने, ‘ईलेक्ट्रोनिक भेहिकलहरु जुन रुपमा बजारमा आईरहेका छन् यसलाई व्यवस्थापन गर्नका लागि चार्जिङ स्टेसनहरु बढाउने पर्ने कुरा तत्कालिन आवश्यकता हो । यसको लागि नेपाल सरकारबाट पनि आवश्यक योजना बनाईराखेका छौं ।’
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार