तीज पर्वले महिलाहरूको समान पहुँचलाई सशक्त बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

सोमबार, असोज १, २०८०

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज २०८० को अवसरमा शुभकामना दिँदै महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छिन् ।
सोमबार सुभकामना सन्देश जारी गर्दै यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने बताएकी छन् । 
पूर्वराष्ट्रपति भण्डारीले हरितालिका तीज नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा मौलिक धार्मिक तथा सांस्कृतिक पर्व रहेको भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गरेकी हुन् ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार