सरकारकै अकर्मण्यताका कारण मूल्य वृद्धि उच्च भएको पूर्वअर्थमन्त्री खतिवडाको आरोप (भिडियो)

सोमबार, असोज १, २०८०

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताको कारण बजारमा मूल्य वृद्धि अनियन्त्रित भएको बताएका छन् ।  ललितपुरमा आइतबार आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल’ विषयक विचार गोष्ठिमा सरकार विगतमा चुप लागेर बसेको र बजारलाई उपभोक्ता हितको लागि सुसूचित गर्ने अनुगमन प्रणाली कमजोर भएकै कारण बजारमा मूल्य वृद्धि बढको बताए । 
उनले भने, ‘बजारलाई सुसूचित गर्ने हाम्रो प्रणाली छैन । कहाँ कहाँ युद्ध भयो रे कहाँ के भयो रे भनेपछि यहाँ बजारमा हल्लै हल्लामा मूल्य बढाइ दिन्छौँ । बजार अनुगमन गर्ने बाणिज्य विभागको मान्छे त फुटबल खेल्या झैं खेल्या खेल्यै हुनुहुन्छ उहाँहरु अनि कसरी अनुगमन हुन्छ । त्यसमा पनि बजार अनुगमनको फ्रिक्वेन्सि नै छैन् ।’ 
उनले मूल्य वृद्धि अत्याधिक रुपमा हुनुमा सरकार नै चुकेको आरोप लगाए । 
‘कतिपय सामग्रीहरुको चार वर्षमा भएको मूल्यवृद्धि भन्दा बढी अहिले दुई वर्षमा मूल्य वृद्धि भएको छ । यसरी मूल्य वृद्धि हुँदाखेरी एकातिर हामी आर्थिक मन्दी भन्ने ,आर्थिक मन्दी भएपछि स्वभाविक रुपमा मूल्य पनि नबढ्नु पर्ने हो, अर्थशास्त्रले त्यहि भन्छ । अनि आर्थिक मन्दी पनि छ, बजारमा कृतिम अभाव पनि छ,कसैको एकाधिकारी प्रवृति पनि छ र बजारमा जथाभावि मूल्य बढाउनेलाई रोक्ने बजार अनुगमन पनि छैन । यस्तो बिडम्वनापूर्ण स्थिति सरकारको अकर्मण्यताले हुने कुरा हो ।’
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार