विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वसन 

सोमबार, असोज १, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आइतबार न्यूयोर्क पुगेका उनले पत्रकारहरूसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् । उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताएका छन् । 

3 (4)1695004269.jpg
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनको भनाई छ । 
उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाएका छन् । 

2 (7)1695004268.jpg

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार