डाक्टरमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ : मन्त्री शर्मा  

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडा भन्दा कडा कारबाही गर्ने बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन अगाडि बढ्नु पर्ने भन्दै सरकारले कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् । 
उनले भनिन्, ‘हस्पिटलले आफ्नो मर्यादामा रहेर काम गर्दा पनि जनताको आक्रोशको शिकार हुनुपर्ने र डाक्टरहरुलाई शारिरिक रुपमा नै आक्रमण गर्ने जुन अराजकपूर्ण अवस्था देखिएको छ । यो आफैमा बेठिक छ, यो समस्याको समाधान हुनुपर्छ । नेपालको कानुन बमोजिम दोषीले सजाय पाउनु पर्छ । यो डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन गरेर अगाडि बढ्नु पर्छ । कानूनी कारबाहीको लागि सरकार अगाडि बढ्छ ।’
यस्तै, उनले भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अपर अरुण जलविद्युत परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलरको सहायता स्विकार गर्ने निर्णय भएको पनि जानकारी दिइन् । 
उनले भनिन्, ‘अर्थ मन्त्रालयको प्रस्तावमा अपर अरुण जलविद्युत परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलरको सहायता स्विकार गर्ने, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने, मोरोक्कोको मारकेशमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राको कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्विकृत दिने निर्णय भएको छ’
उनले राष्ट्रिय सिँचाई नीति, २०८० स्वीकृत गर्ने र नेपालनागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको बताईन् । 
साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०÷१० हजार मेट्रिकटन चिनी आायात गर्न स्वीकृति दिने, राष्ट्रिय सिँचाई नीति, २०८० स्वीकृत गरेको छ, नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरिएको छ । गृहमन्त्रालयअन्तर्गतमा अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र विभागमा २०८०, ८१ का लागि२१ वटा अस्थायी दरबन्दी स्विकृत गर्ने, तीजना स्वास्थ्यप्रहरी अतिरिक्त महानिरिक्षक सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेका उनले जानकारी दिइन् । 


 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार