संसद् र सरकार दुवैमा स्थिरता हुनुपर्छ :  बिमलेन्द्र निधि

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद बिमलेन्द्र निधिले संसद र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए । 

उनले देशमा कुनै एक पार्टीको पनि बहुमत नभएकाले गठबन्धन बनाउनुपरेको उल्लेख गर्दै  सरकारले स्थिररूपमा काम गर्न आवश्यक रहेको बताए । 

सञ्चारकर्मीहरूले प्रधानमन्त्री हेरफेर हुने सम्भावना रहेको प्रश्नमा उनले हाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल रहेको बताए । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार