काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित ‘बासँग विद्यार्थी ’कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
1694921698.jpg)
२०७४ सालदेखि तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसार पसारको तयारी गरिएको आरोप लगाउँदै ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका हुन् ।
उनले भने, ‘तस्कर र भ्रष्टाचारीको बिगबिगी छ, साढे नौं किलो सुन फेला पर्यो, हराउँदै फेला पर्दै । कस्तो तमासा होला । एउटा तस्करलाई नेपाली नागरिकता २०७४ सालदेखि दिएर सुन ओसार पसारको तयारी रहेछ । अस्ति केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर एउटा सांसदले संसदमा बोले । किन रहेछ भनेको संसदमा जलहरीको कुरा हल्ला गर्ने र विमानस्थलबाट सुनको तस्करी क्वीन्टलका क्वीन्टल गर्ने धन्दा रहेछ ।’

उनले सरकारले छिमेकी देशसँग सम्बन्ध बिगारेर अविश्वसनीय अवस्था पैदा गरेको आरोप लगाउँदै भने, ‘छिमेकी देशसँग सम्बन्ध बिग्रेको छ । अविश्वसनीय बनेको छ । विकासतर्फ ध्यान गएको छैन विकास ठप्प छ ।’
'जे गर्छु ईमान्दारीताका साथ गर्छु'
एमाले अध्यक्ष ओलीले,आफूले राष्ट्रकोक अहित हुने काम कुनै पनि हालतमा नगर्ने दाबी गरेका छन् ।
‘बा सँग विद्यार्थी ’ कार्यक्रममा विद्यार्थीहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले राष्ट्रको सम्पत्तिलाई छल, कपट गरेर आफूले दुरुपयोग नगर्ने र जे गरे पनि ईमान्दारीताका साथ गर्ने दाबी गरेका हुन् ।
उनले भने,‘म अब्बल नेता त होइन । तर ईमानका साथ काम गर्छु । ईमानदार प्रयास गर्छु । देशलाई माया गर्छु जनतालाई माया गर्छु । कुनै हिसाबले पनि चलखेल, छल कपटले राज्यको सार्वजनिक सम्पत्ति आफ्नो बनाउनु हुँदैन भन्ने मान्यता राख्छु । र जे गर्छु ईमान्दारीताका साथ गर्छु ।’
1694921702.jpg)
उनले आफूले नेपाल विरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकेको भन्दै नयाँ पुस्तालाई देशको भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने गरी तयारी गर्न आग्रह गरे ।
उनले भने, ‘म अब्बल नेता होइन । अब तपाईहरु जस्तै नयाँ पुस्ताले अब्बल नेता जन्माउनुपर्छ । नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकेको छैन । हाम्रो भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने हुनुपर्छ ।’