बीपी नेपाली इतिहासकै प्रभावशाली व्यक्ति : प्राडा कृष्ण खनाल 

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । प्राध्यापक डाक्टर कृष्ण खनालले नेपाली राजनीतिमा बीपी कोइराला जति प्रभावशाली व्यक्ती कोही नलागेको बताएका छन् ।  काठमाडौंमा बीपी कोइरालाको बीपीको डायरी सार्वजनिक कार्यक्रममा प्राडा खनालले, ईतिहासमा अदालतमै उभिएर आफूले क्रान्ति सुरु गरेको भन्ने सामथ्र्य भएको व्यक्ति आफूँलाई बीपी मात्रै लागेको टिप्पणी गरे । 
‘पञ्चायतको अदालतमा उभिएर दिएको, कोठामा बसेर लेखेको पनि होइन् त्यो । जब सात सातवटा मुद्दा छ । प्रत्येक मुद्दामा फासीको सजाँय माग गरिएको छ । त्यस्तै बेलामा यस्तो यस्तो बेलामा मैले क्रान्ति नगरे कस्ले गर्छ त । मैले क्रान्तिको आह्वान गरेको हुँ । मरेका छन् मान्छे त्यो बेलामा भनेर बिपिले प्रष्ट भनेका छन् ।’ उनले भने ‘ तपाईँले बन्द कोठामा बसेर सोचेर लेख्नु अर्को कुरा हो । अदालतको कठघरामा उभिएर बयानमा त्यो कुरा दिने सामान्य कुरा होइन् । त्यस कारण बीपीसंग यो क्षमता थियो भन्ने मलाई लागेको छ । बीपी जतिको प्रभावशाली व्यक्ति मलाई कोही लागेको छैन्। 
त्यस्तै उनले बीपीका केही कमजोरी अवस्य रहेको भन्दै उनका सकरात्मक पक्षले उनको कमजोरीलाई छायाँमा पारेको टिप्पणी गरे । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार