समवेदना दिन सभामुख घिमिरे नेम्वाङ निवासमा

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले  दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन् ।  घिमिरेले शनिबार बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन् ।
सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरेका थिए ।  photo-031694917898.jpg
संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो ।
सभामुखले नेम्वाङको तस्बिरमा माल्यार्पण गरेपछि त्यहाँ राखिएको शोक पुस्तिकामा, ‘आदरणीय नेता, हामी सबैको प्रेरणा र आदर्श व्यक्तित्व, मेरो लामो समयदेखिको सहयात्री, इलामको उज्ज्वल तारा तपाईंको अधुरो योजनामा सबैले हिडेर साकार गर्ने प्रेरणा प्राप्त होस् भन्दै तपाईंप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछु’, लेखेका छन् । 

photo-011694917902.jpg

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार