प्रतिनिधि सभाको बैठक बस्दै 

बिहीबार, भदौ २८, २०८०

काठमाडौं । आज  प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  बुधवारका लागि तय गरिएको बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।
नेम्वाङको अन्त्येष्टि पश्चात बैठक दिउँसो ३ बजे बस्ने भएको छ । 
आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार