स्वास्थ्य मन्त्रालयद्वारा उपत्यकाका सात अस्पतालको अनुगमन

बुधबार, भदौ २७, २०८०

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ ।

सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोलीले, अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो ।

Photo (8)1694615488.jpg

उपत्यकामा रहेका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहिद गंगालाल ह्दय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभावको साथै सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो ।

Photo (3)1694615574.jpg

गंगालाल अस्पतालमा तथ्याङ्क राम्रो नभएको, चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने एकिन नभएको पाइएको थियो ।

यस्तै टेकु अस्पतालमा भने निर्देशकको अनुपस्थिति रहेको थियो । फोहोरमैला व्यवस्थापन राम्रो नभएको , खरिदको योजना नभएको, महामारी संक्रामक रोग सम्बन्धि अस्पताल भएपनि आकस्मिक रुपमा महामारी फैलदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो ।

Photo (1)1694615586.jpg

अस्पतालका कर्मचारीहरुले निर्देशकले अस्पतालको सुधारमा चासो नदिने, समय नदिने लगायतका गुनासो गरेका थिए ।

Photo (2)1694615580.jpg

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार