वडा नं २७ द्धारा बालकुमारी मन्दिर प्राङ्गणमा तीजको भव्य कार्यक्रम 

बुधबार, भदौ २७, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २७ नं. वडा कार्यालयको आयोजनामा मंगलबार दिउँसो बालकुमारी मन्दिर प्राङ्गणमा महिला तीज कार्यक्रम सम्पन्न भएको छ । 

teej 2 1694603721.jpg
हरितालिका तीजको सन्दर्भ पारेर वडा कार्यालयले आयोजना गरेको महिला तीज कार्यक्रममा वडामा बसोबास गरिरहेका तीज मनाउने वडावासी महिलाहरूको सहभागिता रहेको थियो । तीज कार्यक्रममा सहभागी भएका महिलाहरूका अनुसार २७ नं. वडा कार्यालयले तीजको कार्यक्रम राखेको सम्भवत यो नै पहिलो पटक हो । 
महिला तीज कार्यक्रममा कार्यक्रममा उल्लेख्य मात्रामा महिलाहरू उपस्थित भएका थिए । 

Teej 1694605734.jpg


ललितपुर महानगर २७ नं. वडा कार्यालयको अगुवाईमा तीज मनाउने महिला समूहका सदस्यहरू बोलाएर तीज कार्यक्रम आयोजना गरिएको वडाका सामाजिक परिचालक विजया खड्काले जानकारी दिनुभयो । 
तिज विशेष कार्यक्रममा वडा भित्र क्रियाशील महिला समूहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । 
वडा.नं २७ का वडाअध्यक्ष कृष्णहरि महर्जनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य श्यामकृष्ण महर्जन, रामदेवी महर्जन तथा निरोज महर्जनको उपस्थिति रहेको थियो । 

teej 4 1694605894.jpg
वडासचिव सनतकुमार थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा अध्यक्ष कृष्णहरि महर्जनले महिलाहरु शक्तिशाली हुने भन्दै महिलाको कार्यक्रम आफूहरुको पहलमा आयोजना भएको जानकारी दिनुभयो । 
महिलाका लागि हामी वडाका जनप्रतिति विविध कार्यक्रम ल्याउन तयार छौं तपाईहरु हामीलाई यस्तो कार्यक्रम ल्याउनोस भनेर माग राख्नु होस वडा अध्यक्ष महर्जनले भन्नुभयो । 
कार्यक्रममा वडा सदस्य रामदेवी महर्जनले परम्परादेखि रहँदै आएको दर खाने प्रचलनलाई यस पटक वडा कार्यालयले पनि गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । 
वडासचिव सनतकुमार थापाले अहिले हामी २१ औं शताव्दी रहेको स्मरण गराउँदै महिलाहरूले तीज मनाउने शैलीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । 
वडा सदस्य श्यामकृष्ण महर्जनले यस पटक तीज मनाउने महिलाहरूलाई मात्रै समावेश गरी तीज कार्यक्रम राखिएको भएता पनि अर्काे वर्षदेखि वडा भित्र वसोबास गर्ने सबै महिलालाई बोलाएर भव्य रुपमा कार्यक्रम सञ्चालन गर्ने सोच वडा कार्यालयले बनाएको शब्दपाटीलाई जानकारी दिनुभयो । महिला तीज कार्यक्रममा महिलाले गीतमा नाचगान गरी रमाइलो गरेका थिए ।  

Teej 11694605753.jpg

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार