भोलि बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

बुधबार, भदौ २७, २०८०

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरू नै विदेशमा रहेका र आज अपराह्नमात्रै नेपाल आइपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार