राष्ट्रले क्षमतावान नेता गुमायो : एमाले नेता पन्त

बुधबार, भदौ २७, २०८०

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले राष्ट्रले संविधानको मर्म अनुसार व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमतायुक्त नेता गुमाएको बताएका छन् ।

नेकपा एमालेको पार्टी कार्यालयमा नेम्वाङ्प्रति श्रद्धान्जली व्यक्त गर्दै उनले नेम्वाङ् राजनीतिक परिपाटीका भावनालाई र संविधानको मर्म अनुसार व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमतायुक्त नेता भएको भन्दै उनको निधनले ठुलो क्षति पुगेको बताए ।

उनले भने, ‘राजनीतिक परिपाटीका भावनालाई बुझ्ने र संविधानको पनि मर्म अनुसार त्यसको व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमता भएको नेता हुनुहुन्थ्यो, नेपालले त्यो हाईटको नेता नै पाएको थिएन् । राष्ट्रलाई प्रतिनिधित्व गर्न सक्ने जुन व्यक्तित्व थियो त्यो मुलुकको लागि एकदमै ठूलो क्षती हो । व्यक्ति त एकदमै मिलनसार र राजनीतिक विवादमा पनि बीचको बाटो निकाल्न सक्ने हुनुहुन्थ्यो ।’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले राजनीतिक इतिहासको परिवर्तनको लागि ठूलो योगदान गर्ने व्यक्तिको निधन भएको बताईन् ।

उनले भनिन्, ‘राजनीतिक इतिहासको लागि परिवर्तनको ठूलो योगदान गर्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई स्मरण गर्नुपर्ने धेरै विषयहरु छ । युवा पुस्तालाई राजनीतिमा आउँनु पर्छ भन्ने र विधि र कानूनको परिधिभित्र रहेर हामीले राजनीतिमा प्रवेश गर्नुपर्छ भन्ने धारणा उहाँको थियो ।’

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार