नेपाल म्यानमारसँग पराजित

मंगलबार, भदौ २६, २०८०

काठमाडौं ।  म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको छ । 
म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो ।
म्यानमारका लागि  विन नैइग तुनले गोल गरेका थिए । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो  नेपालले विश्वकप छनोटमा लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार