सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको तयारी 

मंगलबार, भदौ २६, २०८०

काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ । सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् । 
केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राजकीय सम्मानदिने तयारी रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार