योजना आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेटवार्ता 

सोमबार, भदौ २५, २०८०

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीएका नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको आयोगको सचिवालयले जनाएको छ । 
नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन । यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने उनले बताइन् । 
भेटमा उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्याउदै आएको सहयोगको लागि धन्यबाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे । 

Photos1694441337.jpg
होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । 
अन्तर्राष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका युएनएफपिए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार