खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै 

सोमबार, भदौ २५, २०८०

काठमाडौं । ११ औँ कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । दक्षिण कोरियाली दूताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको ११ औं संस्करणमा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी जम्म १७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागी हुने आयोजकले जनाएको छ । 
२७ गते देखि ३१ गते सम्म हुने प्रतियोगितामा ५७ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीयआयोजक समिति गठन गरिएको छ । जस अन्तर्गत १० वटा उपसमिति रहेका छन् । 
प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु प्रिचालन गरिने आयोजकले जनाएको छ । प्रत्येक दुई वर्षमा हुने यस प्रतियोगिताको यो ११ औं सस्करणमा पहिलो पटक भारत र बंगलादेशका खेलाडीहरुको पनि सहभागी हुने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार