गुणस्तरीय क्याम्पसलाई विश्वविद्यालयले छुट्टै हैसियत दिनुपर्छ  : देवराज अधिकारी (भिडियाे)

सोमबार, भदौ २५, २०८०

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले विश्वविद्यालयहरुले गुणस्तरण मान्यता प्राप्त क्याम्पसहरुलाई छुट्टै हैसियत दिन सक्नु पर्ने बताएका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरण भएको उपलक्ष्यमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन समारोहमा उनले क्यूएइ प्राप्त क्याम्पसहरूलाई नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गर्न र स्वतन्त्र बनाउन आवश्यक भएको भन्दै छुट्टै प्राथमिकतामा राख्नु पर्ने बताए ।
उनले भने, ‘विश्वविद्यालयहरूले पनि क्यूएइ प्राप्त क्याम्पसहरुलाई छुट्टै हैसियत दिन सक्नुपर्छ । विश्वविद्यालय अनुदान आयोगले यो विषयमा कमि महशुस गरेको छ । यस्तो क्याम्पसहरूलाई नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गर्न दिनु पर्छ, यी क्याम्पसहरूलाई स्वतन्त्र बनाउँनु पर्छ । विश्वविद्यालयहरूलाई यही मञ्चबाट आग्रह गर्न चहान्छु यस्तो क्याम्पसहरुलाई मौका दिनु पर्छ ।’   
यस्तै, उनले सामुदायिक क्याम्पसहरूलाई पनि क्यूएइको चक्रमा ल्याउनु पर्ने भन्दै केही समयमा क्याम्पसहरुलाई डिग्री अवार्डिङ् क्याम्पसको रुपमा परिणत गर्नुपर्ने बताए । 
उनले भने, ‘प्रथम पटक गुणस्तर प्राप्त भएको छ, दोस्रो र तेस्रो पटक पनि गुणस्तर प्राप्त भएपछि कुनै बेला यी क्याम्पसहरुलाई डिग्री अवार्डिङ् क्याम्पसको रुपमा परिणत गर्नुपर्छ, आफै स्वतन्त्र भएर क्याम्पसहरु चलाउँनु पर्छ । हामी त्यसको लागि तयार हुनुपर्छ ।’ 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार