ओलीको माओवादी लक्षित टिप्पणी, 'सहकारीबाट क्वीटलका क्वीन्टल सुन ल्याए जस्तो फाइदा हुँदैन'

आइतबार, भदौ २४, २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देशमा व्यवसायीक समस्या देखिएको आरोप लगाएका छन् । सहकारीकर्मीसँग केपी ओली विषयक अन्तरक्रियामा उनले गठबन्धन सरकार आएपछि विकास निर्माणका काम रोकिएको, बेरोजगारी बढेको र मूल्यवृद्धि भएको आरोप लगाए । गठबन्धन सरकार आउँदा उद्योगहरुमाथि चट्याङ् परेको जस्तो भयो’,  उनले भने, 'कांग्रेस र माओवादी केन्द्र सहकारी नीतिको विरुद्धमा छन् ।'

उनले भने, ‘नेपाली काङ्ग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले सहकारीको पक्षमा छैन । अर्को पार्टीलाई नीतिको अर्थ नै छैन्, नीतिसँग कुनै सरोकार छैन, माओवादी भन्ने पार्टीलाई उसले फाईदा मात्रै जान्दछ ।उनले भने, क्वीन्टल का क्वीन्टल सुन ल्याए जस्तो फाइदा हुँदैन्, उसलाई धेरै फाइदा चाहिने मानिस हो । माओवादीलाई सहकारीको मतलब छैन ।अहिलेको सरकारले राष्ट्रिय उद्योगीहरुलाई छानिछानि लखेट्ने गरेको आरोप लगाउँदै उनले कसैले त्यसको विरुद्धमा बोले पक्राउ गर्ने गरेको बताए ।

राष्ट्रको अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका छ : ओली 
अध्यक्ष ओलीले मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 
अन्र्तक्रियामा उनले गरिबी उन्मुलन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । 
उनले भने, ‘राष्ट्रिय पुँजी निमार्ण गर्ने आधार साना साना उत्पादन पनि हो, जुन स्थानीय तहबाट भएको कृषि, उद्योग जे भएपनि आफैले सञ्चालन गर्न सक्ने खालका हुन्छन् । तर अलि ठूलो मात्रामा सबै मिलेर धेरै मात्रामा लान सक्ने र राष्ट्रको अर्थतन्त्र निमार्ण गर्न सक्ने शहकारीको माध्यमबाट नै हो ।’ 
उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि शहकारी नै बलियो आधार भएको स्मरण गरे । ‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्छौ भन्दा यसका लागि सबैभन्दा उपयोगी शहकारी नै हो । जसको माध्यमबाट राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न सक्छौ । अर्थतन्त्रमा भक्तिमार्ग होईन् स्वास्थ्य मार्ग र फाइदा मार्ग हेर्नुपर्छ । हामी अनावश्यक रुपमा बाहिरको सामान उपभोग गर्छौ सकेसम्म आफ्नै सामान प्रयोग गर्ने गरौं’, उनले भने । 
उनले स्वदेशी बस्तु उत्पादन र  निर्यातमा शहकारी क्षेत्रको अहंम् भूमिका हुने उनको भनाई छ । ‘कृषि व्यवसायलाई आत्मनिर्भर हुन सक्ने तहसम्म ल्याउँने हो भने कपास, उन, कपडा बुन्ने, सबै हामीले बनाउँन सक्यौ भने विश्व अर्थतन्त्रमा आएको समस्याले केही फरक पर्दैन्, भोगमरी हुदैँन् कोही बेरोजगार हुदैँन् त्यस्तो कामहरु योजनाबद्ध तरिकाले सहकारी मार्फत लान सक्छौ’, उनले भने । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार