हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त 

शनिबार, भदौ २३, २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार साँझ कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार  संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतामा कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 
सर्वाेच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न बिहीबार परमादेश जारी गरेको थियो ।
संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले शुक्रबार नै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । कार्कीको दल एमालेबाट तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन, एकराज कार्की भौतिक पूर्वाधार र सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् । अल्पमतको सरकार बनाएका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । यसअघि कार्की असार १५ गतेसम्म प्रदेशको मुख्यमन्त्री थिए । 

Photo-041694213908.jpeg
२०७९ पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की नेतृत्वको सरकारले संसदबाट विश्वास गुमाएपछि ढलेको थियो । त्यसपछि गठबन्धनबाट कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
संविधानविपरीत तत्कालीन सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्त भएका थापालाई साउन ११ गते सर्वाेच्चले पदमुक्त गरेको थियो । त्यसपछि दोस्रोपटक साउन १६ गते थापा नै मुख्यमन्त्री नियुक्त भएका थिए । 
सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत प्रयोग गरेर संविधानविपरीत विश्वासको मत लिएपछि उनलाई सर्वोच्चले पदमुक्त गरेको हो ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार