नेपालको नक्साबारे परराष्ट्रमन्त्रीको भनाईप्रति रास्वपा सांसद शिशिर खनालको आपत्ति (भिडियो)

बिहीबार, भदौ २१, २०८०

काठमाडौं । सांसद शिशिर खनालले नेपालको नक्साबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 
प्रतिनिधिसभाको बिहीबार बसेको बैठक तथा प्रतिनिधिसभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपालको भूराजनीतिक अवस्थामाथि कुनै नेता र पार्टीले राजनीति गर्ने थलो नबनाउन चेतावनी दिए ।  
उनले भने, ‘यो सदनले पारित गरेको नक्सा छिमेकी राष्ट्र संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको रहेनछ । गराउने हो की हैन पनि थाहा छैन भन्नु भयो । हामीलाई यसबारे जानकारी चाहियो । नेपालको भूगोल संवेदनशील भूराजनीति कुनै नेता र पार्टीको राजनीति गर्ने खेल नबनोस् । यसको लागि तथ्यपरक सूचना सदनलाई जानकारी दिनुहोला ।’
उनले आफ्नो भूमि समेटिएको नक्साबारे समेत सबैलाई जानकारी नदिइएको प्रति आक्रोश पोखे । 
‘प्रतिनिधिसभाले २०७७ जेठमा नै पारित गरेको नेपालको नक्साको बारे छिमेकी मुलुकलगायत अन्य ठाउँहरूमा जानकारी गराएको कि नगराएको कुरा थाहा छैन भनेर परराष्ट्रमन्त्रीले भन्नु भएको छ’, उनले भने । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार