सिटीनेट नेपाल च्याप्टरमा विराटनगर प्रमुख नागेश कोइराला

बिहीबार, भदौ २१, २०८०

विराटनगर । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टर नेपालको कार्यसमिति अध्यक्षमा  विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला चयन भएका छन् । 
विराटनगरमा सम्पन्न सिटीनेट राष्ट्रिय च्याप्टरको बिहीबार सम्पन्न वार्षिक साधारणसभा एव अधिवेशनले उनका नेतृत्व १३ सदस्य समिति चयन गरेको हो । 
उपाध्यक्षमा बुटवल उपमहानगरपालिका खेलराज पाण्डेय, महासचिवमा तानसेन नगरपालिका सन्तोषलाल श्रेष्ठ, कोषाध्यक्षमा  भीमदत्त नगरपालिका पदम बोगटी रहेका छन् ।  सदस्यहरुमा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, विरगंज महानगरपालिका, विरेन्द्रनगर नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका रहेका छन् । यसैगरी  इन्सेक नेपाल, विरगंज महानगरपालिका, विरेन्द्रनगर उपमहानगरपालिका,  इन्सेक नेपाल, ललितपुर महानगरपालिका मार्नाथ सदस्य, भूकम्प प्रविध समाज नेपाल, हेटौंडा उपमहानगरपालिका रहेका छन् । कार्यसमितिको कार्यअवधि ४ वर्षको रहनेछ । 

373396487_196609413433410_3287228305280811756_n1694087580.jpg
अधिवेशनपछि आयोजित पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले स्थानीय विपद जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि हेटौंडा उपमहानगरले जग्गा प्रदान गर्ने बताइन् । अधिवेशनले सदस्य पालिकाहरुको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रबद्र्धन, फोहोरमैला व्यवस्थापन, दिगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापन र कार्यान्वयनका लागि सहकार्य गर्ने निर्णण गरेको छ ।

373358676_1024693528984232_2430413098044980686_n1694087580.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार