सिटीनेट नेपालको बैठकमा देशभरका एक दर्जन मेयर  सहभागी,  विपद् व्यवस्थापनका विषयमा छलफल हुँदै 

बिहीबार, भदौ २१, २०८०

विराटनगर ।  सिटीनेट नेपाल राष्ट्रिय च्याप्टर नेपालको वार्षिक साधारण सभा एवम अधिवेशन बैठक विराटनगरमा सुरु भएको छ । उक्त बैठकको ललितपुर महानगरका प्रमुख तथा सिटिनेटका कार्यकारी सदस्य चिरीबाबु महर्जनले उद्घाटन गरे । बैठककाे आयोजक विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर प्रजातान्त्रिक क्रान्ति र औद्योगिक सहर भएको बताए  ।

g1694061647.jpgधेरैजना प्रधानमन्त्री जन्माउने सहर विराटनगर भए पनि विकास र समृद्धिमा विराटनगर पछि परेको उनले बताए । उनले भने, ‘विराटनगरमा विकास नभएको नगरवासीले महसुश गरेका  छन् ।’ सिटीनेट एसिया प्यासिफिक रिजनका नगरपालिका र नगरको विकासमा काम गर्ने संस्थाहरु आबद्ध सञ्जाल हो । सिटीनेटको १ सय ५४ वटा संस्था सदस्य छन् । १९ वटा देशबाट सिटीनेटमा प्रतिनिधित्व गर्छन् । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टर नेपालका अध्यक्ष एवम हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले नेपाल च्याप्टरले गरेका कामको फेरहिस्त प्रस्तुत गरेकी थिइन् । विपद् जोखिमको व्यवस्थापन लगायतका विषयमा सिटिनेटमा आबद्ध भएर धेरै ज्ञान प्राप्त भएको उनले बताइन् ।

citynet biratnagar 1694060582.jpg
बैठकमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सुमन प्रधानले स्थानीय विपद जोखिम न्यूनीकरण तालिम र अनसुन्धानको बारेमा प्रस्तुतिकरण गरेका छन् । यसैगरी सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको गतिविधिका बारेमा एनसेटका उपकार्यकारी निर्देशक गणेशकुमार जिमीले प्रस्तुतिकरण दिएका थिए ।  

नगरप्रमुखहरु राधाकृष्ण रथयात्रा अवलोकन गर्दै 
विराटनगर नगरपालिकाले देशका विभिन्न नगरपालिकाका  नगर प्रमुख र उप प्रमुख लगायतलाई विराटनगरमा बिहीबार आयोजना हुन गइरहेका रथयात्रामा सहभागी गराउने भएको छ । सिटीनेट नेपाल राष्ट्रिय च्याप्टर नेपालको बैठकसहित रथयात्रा कार्यक्रम अवलोकन राखेको विराटनगर प्रमुख नागेश कोइरालाले बताए । उनले भने, ‘सांस्कृतिक अनुभव आदानप्रदानका लागि बैठकपछि यो कार्यक्रम राखेका हौं । ’ बैठकको उद्घाटन सत्रमा विराटनगरकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगरको परिचयसहितको रथयात्रकाको बारेमा प्रस्तुतिकरण गरेकी थिइन् । 
दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा हो । यो रथयात्रा खटयात्राबाट सुरु भएको हो । भारत, पाकिस्तान लगायतका देशबाट रथयात्रा  दर्शनका लागि दर्शनार्थीको सहभागिता रहनेछ । वैदिक सनातन धर्म मान्नेले रथ तान्न पाउनुलाई पुण्डको रुपमा लिन्छन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार