क्रिकेटको विकासका लागि, पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह

बुधबार, भदौ २०, २०८०

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन् ।  एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले पर्याप्त तयारी बिना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए ।
‘अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार) मा इन्भेस्ट (लगानी) गर्नुपर्छ । जहिल्यै पनि ती कुराहरूमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी’,  उनले भने, ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि । प्रत्येक प्रदेशमा ग्राउन्ड खास गरी पिचहरू भयो भने तयारी गर्न सकिन्छ ।’
यो खेलबाट नेपालले धेरै कुरा सिक्न सकेको उनले बताए । विशेष गरी भारतसँग नेपालको खेलबाट आफू धेरै खुुसी भएको बताए ।
विश्वका उत्कृष्ट बलरहरूलाई सामना गर्न नेपाली टोली सफल हुनु नै ठूलो कुरा भएको उनले बताए ।
एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो ।

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार