चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौ : कुलमान घिसिङ

बुधबार, भदौ २०, २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउँन आवश्यक तयारी भइरहेको बताएका छन् ।

बुधबार देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गर्दै उनले, निजी क्षेत्रको सहभागिताका लागि नीति नै सशोधनको तयारी भइरहेको बताए ।

उनले भने, ‘देशैभरि कुनैपनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसावले निजी क्षेत्रलाई ल्याउन नीति शंसोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहज रुपमा आउनको लागि नीति संशोधन गर्दै छ । प्राइभेट सेक्टर यहाँ आउनुपर्छ । निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ।

घिसिङले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरेपनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिए ।

उनले भने, ‘हामीले दिनुपर्ने ट्रान्सफर्मरदेखि सप्लाइको साइटमा हामीले योगदान गरिरहेका छौ । निजी क्षेत्रले जमिनको व्यवस्था गरेर चार्जिङ स्टेसन राखे भने अरु कुराहरुमा विद्युत प्राधिकरणले सामग्री उपलब्ध गराउँछ । त्यो ठूलो कस्ट हो ।

घिसिङले ११ वटा चार्जिङ स्टेसन थप गर्ने तयारी गरिरहेको जानकारी गराए ।

आज उद्घाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन गरी सञ्चालनमा आइसकेका छन् । आज सरकार र साझेदारले औपचारिक रुपमा संयुक्त उद्घाटन गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार