आज कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना 

बुधबार, भदौ २०, २०८०

काठमाडौं । जल तथा मौसम विभागका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भाग, सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।  साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले उल्लेख गरेको छ । 

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशमा मौसम सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बुधबार राती देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश लगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक  दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार