मधेश, बागमती, गण्डकी र लुम्बिनीसहित चार प्रदेशमा वर्षाको सम्भावना 

आइतबार, भदौ १७, २०८०

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर रहेको छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकोले हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । 
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन्न÷ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
आज राती देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान सँगै बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको प्रक्षेपण विभागले गरेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार