तीनकुने पोखरीमा सत्यनायराणको मूर्ति प्रतिस्थापन(भिडियो)

शनिबार, भदौ १६, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २४ नं वडा धापाखेलस्थित नागदह प्रवेशद्धारसँगैको तीनकुने पोखरीमा आज सत्य नारायणको मूर्ति प्रतिस्थापन गरिएको छ । 
नागदह प्रवेशद्धारमा सत्यनारायणको मूर्ति प्रतिस्थापन गरी यो पोखरीलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकसित गर्ने वडा कार्यालयको योजना छ । २४ नंं वडाका वडा अध्यक्ष दिनेशजंग पाण्डेले वडा नंं. २४ धापाखेलमा धार्मिक पर्यटकीय स्थलहरु धेरैवटा रहेको बताउँदै मूर्ति प्रतिस्थापनसँग अर्को धार्मिक थपिएको बताए । वडाभित्र रहेका धार्मिक पर्यटकीय सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको स्पष्ट पारे । 
तीनकुने पोखरी नवनिर्मित वडा कार्यालय भवनको पूर्वपट्टि रहेको छ । 
साविक धापाखेल गाविस–३ को गणेश मन्दिरदेखि सत्य नारायणको मूर्तिलाई ५ वटा धिमे बाजा समूह, खैजडी भजनसहितको र्‍याली ले पोखरीसम्म ल्याएर प्रतिस्थापन गरिएको थियो । यसैगरी उक्त ¥यालीमा १६ वटा महिला समूह, वडा भित्र क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि, पुरोहित, गुरु, वडावासी गरी करिब २ सय जना ५० जनाको सहभागिता थियो । 
सत्यनारायणको मूर्ति प्रतिस्थापना गर्ने क्रममा पुरोहितबाट मन्त्रोचरण तथा वडाअध्यक्ष दिनेशजंग पाण्डेसहित वडा सदस्य उद्धब बस्नेत, हरिकृष्ण मजर्हनसहितले पूजाअर्चना गरेका थिए । तीनकुने पोखरीमा पश्चिम पट्टि फर्काएर सत्य नारायणको मूर्ति प्रतिस्थापन गरिएको छ ।  
तीनकुने पोखरी संरक्षणको केही काम बाँकी रहेकाले त्यो कार्य सम्पन्न गरी एक महिना भित्रै धार्मिक विधि अनुसार मूर्तिमा प्राणप्रतिष्ठा गरिने वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिए ।
तीनकुने पोखरी दानघाट सत्यनारायण मूर्ति प्रतिस्थापन उपभोक्ता समितिबाट पोखरी सुधार योजनाको काम भइरहेको छ ।  योजना अन्तर्गत पोखरी वरपर तारवार लगाइनेछ । रंगीचंगी बत्ती बालिने छ । तीनकुने पोखरी संरक्षणको बाँकी काम छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको छ । 
तीनकुने पोखरीलाई मनमोहक एवम् धार्मिक स्थलका रूपमा परिणत गर्न पोखरीमा बार लगाउने, टायल छाप्ने, हाइ मास्ट स्मार्ट बत्ती बाल्ने योजना रहको वडा सदस्य हरिकृष्ण महर्जनले जानकारी दिए । 
तीनकुने पोखरीमा पानीको फोहोरा राख्ने योजना पनि वडा कार्यालयले बनाएको सदस्य उद्धब बस्नेतले जानकारी दिए ।
करिब ३ टनको एउटै ढुंगाबाट निर्माण गरिएको सत्य नारायणको मूर्ति कलाकार रामचन्द्र बिक नेतृत्वको कलाकार टोलीले ९० दिन भन्दा बढी समय लगाएर बनाएका हुन् ।  

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार