सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ :  गृहमन्त्री श्रेष्ठ

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयासहरू भइरहेको बताएका छन् । 
काठमाडौंमा बिहीबार आयोजित नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभा कार्यक्रममा उनले, सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताए । 
उनले भन्े, ‘यो सुशासनको विरुद्ध, तागतकाविरुद्ध सञ्चालन गरिएको हो । ती प्रवृत्ति र तागतहरू संगठित भएर यसलाई असफल बनाउने दुश्प्रयत्नहरू पनि गर्दैछन् । तर सरकारले यो सुशासनको अभियानलाई छोड्ने वाला छैन ।  यो अभियानबाट विश्राम लिने वाला छैन् ।’
उनले सबै युवा तथा आमजनताले सरकारले चालेको सुशासनको कदमलाई समर्थन गरेको र यसले गर्दा समृद्धिको यात्रामा तीव्र भएर अगाडि बढ्न हौसला दिएको बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार